४ मंसिर २०८३, शुक्रबार

‘समस्या समाधानको नेतृत्व ओलीले लिनुपर्ने बेला किन विरोध गरेको ?’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

upendra-yadavकाठमाडौं, २० मंसिर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा देखिएको समस्याको नेतृत्व एमालेले गर्नुपर्ने बेला विरोधमा उत्रिएर नराम्रो गरेको टिप्पणी गर्नुभएको छ ।

नेपाली रेडियो नेटवर्कमा सोमबार बिहान पत्रकार ऋषि धमलासँगको अन्तर्वार्ताका क्रममा अध्यक्ष यादवले मधेसीका मागको विरोध गर्नुले एमालेलाई नै बेफाइदा हुने बताउनुभयो ।

‘अहिलेको राजनीतिक निकासका लागि एमालेले नेतृत्व गर्नुपर्ने हो’, उहाँले भन्नुभयो, ‘एमाले मधेसी जनताका मागको विरुद्ध सडकमा उत्रिएर राम्रो भएन । यसले एमालेलाई नै बेफाइदा हुन्छ ।’

‘अहिलेको समस्या समाधान गर्न केपी ओलीले नेतृत्व गर्नुपर्ने हो । तर गर्नुभएन’, यादवले भन्नुभयो, ‘समस्याको समाधान गरेपछि सबैका शिर उँचो हुन्छ नि ।’