४ मंसिर २०८३, शुक्रबार

राप्रपाको कार्यसम्पादन समितिको बैठक बस्दै, संशोधनबारे धारण आउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rpp-kamal-thapaकाठमाडौं, २० मंसिर । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पुनः बस्दैछ ।

दिउँसो साढे दुई बजे राप्रपाको मुख्यालय चाबहिलमा बस्ने बैठकमा मुलुकको समग्र राजनीतिक विषयमा छलफल हुने केन्द्रीय सदस्य मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

‘पार्टीका महाधिवेशनको मिति घोषणा भइसकेको छ’, उहाँले भन्नुभयो, ‘महाधिवेशनको तयारी, संविधान संशोधन प्रस्ताव, सरकारको कामकारबाहीलगायतका विषयमा छलफल हुन सक्छ ।’

संविधान संशोधनको विषयमा आधिकारिक धारणा दिन नसकेको राप्रपाले सो विषयलाई आज टुङ्ग्याउन सक्ने बुझिएको छ । सरकारमा रहे पनि राप्रपाले संशोधनलाई समर्थन गरिसकेको छैन । संशोधनमा राप्रपा पर्ख र हेरको नीतिमा छ ।