१ कार्तिक २०८३, शनिबार

‘नेपाली’ मानवअधिकारकर्मीलाई कतार सरकारले नै बेपत्ता पारेको खुलासा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepali-activisit-dissapeared-Qatar
काठमाडौं, २२ भदौ । कतारले नेपाली मूलका अधिकारकर्मी कृष्ण उपाध्याय र गुणदेव घिमिरेलाई कतार सरकारले नै हिरासतमा राखेको खुलासा भएको छ ।

कतारमा हराएका भनिएका उनीहरुलाई कतारको प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । आफ्नो मुलुकको कानुन उल्लंघन गरेकाले उनीहरुलाई पक्राउ गरिएको कतारको विदेश मन्त्रालयले जनाएको छ । उनीहरुमाथि छानबिन भइरहेको र अवस्थाबारे बेलायतको परराष्ट्र मन्त्रालयलाई जानकारी गराइएको कतारको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाली कामदारको अवस्था अध्ययन गर्न नर्वेबाट कतारको राजधानी दोहा पुगेका उपाध्याय र घिमिरे एक सातादेखि बेपत्ता भएपछि उनीहरुको खोजी गरिदिन बेलायती विदेश मन्त्रालये अपिल गरेको थियो । उनीहरु दुवै बेलायती पासपोर्टबाहक भएको बताइएको छ ।