१ कार्तिक २०८३, आइतबार

क्युवाली नेता फिडेल कास्ट्रोको अन्त्येष्टी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

CUBA-CASTRO-DECEASE-FUNERAL-CEREMONYसान्टियागो डे क्युबा (क्युबा), २० मंसिर । आधा सताब्दीसम्म क्युबाको सत्ताको बागडोर सम्हालेका साम्राज्यवादविरोधी कम्युनिस्ट नेता फिडेल क्यास्ट्रोको निधन भएको नौ दिनपछि आइतबार उहाँको अवशेषलाई समाधिस्थलमा लगेर अन्तिम संस्कार गरिएको छ । अन्तिम संस्कार सामान्य तरिकाले गरिएको उक्त अन्त्येष्टी समारोहमा सहभागी हुन विभिन्न देशबाट क्युवा पुगेका पाहुनाहरुले बताएका छन् ।

क्युबाको स्वास्थ्य र शिक्षा जगत्मा क्रान्तिकारी परिवर्तन गरी अधिकांश क्युबाली जनताको मन मुटुमा रहन सफल पूर्व राष्ट्रपतिको नोभेम्बर २५ गते ९० वर्षको उमेरमा निधन भएको थियो ।

आइतबार विशाल जुलुससहित घण्टौ लगाएर उहाँको मृतआत्मालाई समाथिस्थलमा पु¥याइएको थियो । जुलुसमा सहभागी हुन पुगेका फिडेलका समर्थकले पूर्व राष्ट्रपतिलाई समाधिस्थल पु-याउनुपूर्व ‘फिडेल अमर रहुन्’ भनी प्रार्थना गरेका थिए ।

अब क्युबाले फिडेलकोे भौतिक शरीरलाई त पाउने छैन तर उहाँको विचार र आदर्शले क्युबालाई नयाँ गति दिनेमा सहभागीले विश्वास गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका थिए ।

एक हप्ताभन्दा बढी शोकसभा तथा जुलुसमा सहभागी बनेर उहाँका लाखौँ समर्थकले उहाँप्रति अन्तिम सम्मान अर्पण गरेपछि अन्ततः उहाँलाई क्युबाका क्रान्तिकारी कवि तथा क्युबाली स्वतन्त्रता सङ्ग्रामका नायक जोस मार्टीको समाथिस्थल नजिकै समाधि निर्माण गरी अन्त्येष्टी गरिएको उहाँका भाई तथा उत्तराधिकारी राष्ट्रपति राहुल क्यास्ट्रोले बताउनुभयो ।

उहाँको अस्तु सान्टियागो पु-याउँदा हजारौँ मानिसले भावविह्वल भएर शोक व्यक्त गरेका थिए । फिडेलको अस्तुलाई क्युबाको राजधानी हवानाबाट स्यान्टियागो पु-याइएको थियो ।

फिडेलको अस्तुलाई साक्षी राखेर हामी सबैले जन्मभूमि र समाजवादलाई बचाउ गर्नुपर्ने छ भन्दै राष्ट्रपति राहुल क्यास्ट्रोले भन्नुभयो, “हामीले कुनै पनि जटिलता, चुनौती, अशान्तिविरुद्ध लड्दै क्युबामा समाजवादलाई स्थापित गराएरै छाड्ने छौँ ।”

फिडेलको अन्तिम सम्मानमा भेनेजुयला, निकारागुआ तथा बोलिभिया लगायतका विश्वभरका नेता तथा अर्जेन्टिनी फुटबल नायक डिएगो म्याराडोना समेले सहभागिता जनाएका थिए । ब्राजिलीयाली पूर्वराष्ट्रपति लुइज इनासियो लुला डा सिल्भा तथा डिल्मा रुसेफ पनि फिडेललाई श्रद्धाञ्जली अर्पण गर्न क्युवा पुग्नुभएको थियो ।

फिडेलको प्रसिद्धि र प्रभावले क्युबा र यस क्षेत्रलाई उहाँको भौतिक शरीर यस संसारमा नभए पनि साच्चै उहाँलाई यस संसारले बिर्सिने छैन, लामो समयसम्म उहाँको विचार आदर्शले कयुबा र दक्षिण अमेरिकी मुलुकहरुमा महत्व पाइनै राख्नेछ, वासिङटनस्थित बु्रकिङ इन्स्टिच्यूसनका प्रभावशाली विश्लेषक टेड पिकोनले भन्नुभयो ।

“फिडेल मरेर गए पनि उहाँको विरासत रातारात हराउने छैन, उहाँ क्युवा तथा यस क्षेत्रमा अमर रहनु हुनेछ ।” पिकोनले थप्नुभयो ।

फिडेलका भाइ तथा क्युबाका राष्ट्रपति राहुल क्यास्ट्रोले यसै महिनाको अन्त्यमा हुने राष्ट्रियसभा (नेसनल एसेम्ब्ली) ले स्वर्गीय पूर्व राष्ट्रपति फिडेलको आदर्शलाई पालना गर्ने कानुन पास गर्नेसमेत अन्त्येष्टीसभालाई सम्बोधन गर्ने क्रममा बताउनुभयो । – एएफपी