– हरि अधिकारी
कपिलवस्तु, १९ मंसिर । मधेशी जनाधिकार फोरम(लोकतान्त्रिक) का केन्द्रिय उपाध्यक्ष तथा पूर्वमन्त्री दान बहादुर चौधरीले पार्टीबाट राजीनामा दिएका छन् ।
आइतबार गृह जिल्ला कपिलवस्तुमा पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष चौधरीले पद तथा पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा जारी गरिएको प्रेस विज्ञप्तीमा केन्द्रिय अध्यक्ष विजय गच्छदारले पार्टी एकलौटी रुपमा हाँकेको, इमान्दार तथा निष्ठावान कार्यकर्ताको अवमूल्यन गरेको, मधेश र मधेशी जनतासंग पटक पटक घात गरेको आरोप लगाएका छन् ।
पार्टीमा तानाशाही प्रवित्ति हावी हुदै गएको भन्दै चौधरीले अब उक्त पार्टीमा बस्नुको विकल्प नरहेको दाबी गरेका छन् । पूर्व महिला तथा बालबालिका मन्त्री चौधरी सहित, पूर्व सभासद सलाउद्धिन मुसलमान, लोकतान्त्रिक केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष मोहम्मद तौफिक खाँ, पूर्व केन्द्रिय सदस्य जैसराम यादव,उपाध्यक्ष गौरीशंकर थारु, सचिव काशीराम यादव स्थानिय नेता कुञ्जबिहारी चौधरी लगायत ३ सय बढी नेता तथा कार्यकर्ताले सामूहिक राजिनामा दिएका छन् ।
स्रोतका अनुसार उनीहरु नयाँ शक्ति पार्टीमा प्रवेश गर्ने तयारी गरिरहेका छन् । जसका लागि नयाँ शक्तिका अध्यक्ष पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई सोमबार कपिलवस्तु आउने भएका छन् ।













प्रतिक्रिया