काठमाडौं, १९ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार जनताको भावनाविपरित अगाडि बढेको बताएका छन् ।
आइतवार साँझ विभिन्न संचारमाध्यमका सम्पादकहरुसँगको साक्षात्कारमा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ वितण्डावादी भएको बताए ।
‘पाँच नम्बरका जनता छुट्टिन चाहँदैन । जनता सडकमा छ । सरकारको ध्यानाकर्षण गर्न जनता सडकमा उत्रेको हो । शान्तिपूर्ण रुपमा उत्रेका जनताको आन्दोलनलाई वितन्डा भन्ने ?’ आक्रामक रुपमा प्रस्तुत हुँदै ओलीले भने- ‘वितन्डाकारी त पुष्पकमल दाहाल हो । जातीय–क्षेत्रीय कुरा उहाँ गर्नुहुन्छ । जनताले शान्तिपूर्ण तरिकाले गरेको आन्दोलनलाई चाहिँ अनेक आरोप लगाउने । जनताले पुल भाचेका छैनन् । बम पड्काएका छैनन् । यो कसरी वितन्डा भयो ?’
अध्यक्ष ओलीले प्रचण्डले ल्याएको संविधान संशोधन प्रस्ताव एमालेले कुनै हालतमा सफल हुन नदिने बताउँदै फिर्ता लिन सरकारलाई आग्रह गरे ।












प्रतिक्रिया