पोखरा, २२ भदौ । पोखरा उद्योग वाणिज्य संघको ३० औं महाधिवेशनबाट आगामी दुई वर्षका लागि अध्यक्षमा विन्दुकुमार थापा निर्वाचित हुनुभएको छ । अध्यक्षका प्रत्यासी संजिवबहादुर कोइरालालाई २५९ मत अन्तरले पराजित गर्दै थापा विजयी हुनुभएको हो । थापाले १ हजार १ सय ४६ मत ल्याउनुभएको छ भने कोइरालाले ८ सय ८७ मत प्राप्त गर्नुभयो ।
संघमा एसोसियट सदस्यसहित ९ जना थापा समुहबाट निर्वाचित भए । ६ जना कोइराला समुहबाट निर्वाचित भएका छन् । थापा समूहबाट यसपटक पनि देव क्षेत्रीले १ हजार ५ सय ४५ मत सबैभन्दा बढी मत ल्याई सदस्य पदमा विजयी हुनुभयो । कोइराला समूहबाट बर्तमान द्धितिय उपाध्यक्ष ईश्वर कर्माचार्य १२२१, महासचिब नारायण कोईरालाले १२८५, उपमहासचिब हिरा भट्टराई १२८६ , सदस्यहरु दामु अधिकारी १२८८, दिलिप सुबेदी १०४०, बिश्वशंकर पालिखले १२३९ मत ल्याएर विजयी भएका छन् ।
थापा समूहबाट बर्तमान कोषाध्यक्ष रबिन्सन प्रजुले १२७५, देव क्षेत्री, बिन्दु कोईराला सुबेदीले १२१३, मिनराज काफ्ले १२३८, प्रकाशदेब पालिखेले १२८६, दिलिपराज श्रेष्ठले १२२२, पवन प्रजापतिले ११०४ र सीता गुरुङले १२५९ मत ल्याएर विजयी भएका छन् ।
एसोसियट तर्फ अर्जुन पोखरेल र अमर बहादुर केसीबीच २०÷२० मत अएपछि गोलाप्रथाबाट पोखरेल विजयी हुनुभयो । एसोसियट सदस्यमा ४७ मतदाता थिए । खसेको ४१ मत मध्य १ मत बदर भएको थियो । १४ सदस्यको लागि २७ जना र एक एसोसियट सदस्यको लागि २ जना चुनावी मैदानमा थिए ।
नवनिर्वाचित अध्यक्ष थापाले शनिवारै पदाधिकारी पनि चयन गर्नुभएको छ । संघको प्रथम उपाध्यक्षमा देव क्षेत्री, द्धितीय उपाध्यक्षमा मिनराज काफ्ले, महासचिवमा रविन्सन प्रजु, कोषाध्यक्षमा दिलीपराज श्रेष्ठ र उपमहासचिवमा प्रकाशदेव पालिखे चयन हुनुभएको छ ।














प्रतिक्रिया