– नवराज श्रेष्ठ
रामेछाप, १९ मंसिर । रामेछापको टोकरपुर गाविसमा महिलामाथि दुर्ब्यबहार गरी बलात्कारको प्रयास गरेको आरोपमा आइतबार पुननिर्माण प्राधिकरणका एकजना कर्मचारी पक्राउ परेका छन् ।
एक महिलामाथि दुर्व्यबहार गरी बलात्कारको प्रयास समेत गरेको आरोपमा टोकरपुरमा पुननिर्माण प्राधिकरणका काममा खटिएका भवन डिभिजन कार्यालयका प्राविधिक ओबरसियर अरुण पटेल पक्राउ परेका हुन् ।
पीडित पक्षले आफूमाथि दुब्र्यबहार गरेको भनि सामुदायिक मेलमिलाप केन्द्र टोकरपुरमा निवेदन दिएपछि घटना सार्वजनिक थियोे ।
मेलमिलाप केन्द्रले सो निवेदन ईलाका प्रहरी चौकी टोकरपुरमा पठाएपछि आरोपित पटेललाई आईतबारै पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको छ ।













प्रतिक्रिया