– प्रकाश डोटेल
स्याङ्जा, १९ मंसिर । “सकारात्मक सोचका साथ रचनात्मक काम गरौं, जति सकिन्छ त्यति गरौं, केही न केही अवश्य गरौं” भन्ने मुलनाराका साथ जिल्ला शिक्षा कार्यालय स्याङ्जाले चालु शैक्षिक सत्रदेखि शैक्षिक सुधारका लागि ३५ बुँदे अभियान संचालन गर्ने भएको छ ।
“शिक्षामा राज्यको अरबौ रकम खर्च भएको तर प्रतिफल नगन्य छ ।” स्याङ्जाको शिक्षा अधिकारी जिम्मेवारीमा आएका अम्बिका प्रसाद आचार्यले भने, “लगानीलाई प्रतिफल मुलक बनाउका लागि शिक्षा कार्यालयको अग्रसरतामा सबैको सहयोग आवश्यक छ ।” अब अरुको गरिदेला भनेर बस्ने दिन गएको समेत उनले बताए ।
“३५ दिने अभियानलाई आर्थक बनाउन शिक्षाका सबै निकायलाई परिचालन गरिने छ ।” अधिकारी आचार्यले भने, “सबै क्षेत्रका सहकार्यमा दरबन्दी मिलान, आवश्यक विद्यालय गाभेर भएपनि शिक्षा परिणाममुखी बनाउनुपर्छ ।”
स्याङ्जाको शैक्षिक विकासमा लग बुक राख्ने, भयरहित शिक्षण गराउन टोल शिक्षा समिति गठन गर्ने तयारी गरिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार प्रअहरुको कार्यसम्पादन हुने गरि परीक्षाफल तथा नतिजा विश्लेषण गर्दै अगाडी बढ्ने तयारी गरिएको छ । सुधारका लागि प्रत्येक विद्यालयमा सिकाई वडापत्र राख्न कार्यालयले निर्देशन दिईसकेको छ ।
“शिक्षकको क्षमता अभिबृद्धि गर्न शिक्षक शिक्षकबीच हाजिरी जवाफ, मोबाईल शिक्षण पद्धतिलाई अभियानमा समाबेश गरिएको छ ।” शिक्षा अधिकारीसँग पत्रकारको परिचयात्मक कार्यक्रम अधिकारी आचार्यले भने, “निरीक्षण तथा अनुगमनलाई बढ्वा दिदै नकारात्मक कार्यलाई निरुत्साहित गर्ने रणनीति अख्तियार गरिएको छ ।”
त्यस अवसरमा सहायक जिल्ला शिक्षा अधिकारी बाबुराम सापकोटाले शैक्षिक सत्र २०७३–०७४ मा जिल्लामा संचालन हुने वार्षिक कार्यक्रमको जानकारी दिएका थिए । उनले बालविकास–पूर्व प्राथमिक विद्यालय, आधारभूत शिक्षा, निःशुल्क पाठ्पुस्तक तथा कर्मचारीको व्यवस्थानका बारेमा बताए ।
कार्यालयले विगतमा अङ्गिकार गरेका नीति र भावि रणनीतिलाई सफल बनाउने प्रयासका बारेमा सहायक शिक्षा अधिकारी राम प्रसाद आचार्य र परीक्षा प्रणालीमा भएका चुनौती र सम्भावनाका बारेमा योगेन्द्र पराजुलीले बोलेका थिए । कार्यालयले चालेको अभियानलाई सार्थक बनाउन सबैको सकारात्मक प्रयास हुनुपर्नेमा उनीहरुले जोड दिए ।
शिक्षकलाई कारबाही हुन्छ
अभिायन अन्र्तगत निःशुल्क प्राप्त छात्रबृत्ति अपचलनलाई अन्त्य गर्दै राजनीतिक प्रभाबमा काम गर्ने शिक्षकलाई कारबाही गरिने समेत आचार्यले चेतावनी दिए । उनले अब कुनै पनि कारणबाट शिक्षाको परिणाम नकारात्मक हुन नहुनेमा जोड दिए ।
“अभियानको सार्थकताका लागि शिक्षाका सबै अङ्गको उत्तिकै भूमिका छ ।” अधिकारी आचार्यले भने, “यो वा त्यो कुनै पनि बहानामा कक्षा कोठामा नपढाउने र अभिभावकलाई दबाबमा राख्ने चलनको अन्त्य गर्नुपर्छ ।”
कार्यालयले थालेको प्रयासमा सबैबाट सकारात्मक प्रतिक्रिया आएको विद्यालय निरीक्षक निलकष्ठ ढकालले बताए । उनका अनुसार सबैलाई जिम्मेवारीबोध गराउनका लागि कार्यालय छड्के अनुगमन र निरीक्षण गर्दै अगाडी बढ्ने तयारी गरिएको छ ।












प्रतिक्रिया