धनगढी, १९ मंसिर । स्वर्गिय पत्रकार कर्ण बोहराका श्रीमति ममता वोहराको मिगौलाको उपचारका लागि विभिन्न संस्था तथा व्यक्तिबाट सहयोग प्राप्त हुने क्रम जारी छ ।
बोहराको उपचारका लागि कैलाली उघोग वाणिज्य संघले २५ हजार रुपैयाँ दिने घोषणा गरेको छ । मंसिर २२ गते सुदूरपश्चिम महोत्सवको उद्घाटनका दिन प्रधानमन्त्री पुष्पकमल दाहालबाट २५ हजारको चेक हस्तान्तरण गरिने संघका अध्यक्ष शंकर वोगटीले वताए ।
अछाम घर भएर हाल अमेरिका वस्दै आएका पत्रकार एवं प्रेस चौतारी नेपालका पूर्व केन्द्री सदस्य विनोद थापाले १० हजार रुपैयाँ दिने घोषणा गरेका छन । अमेरिकामै रहेका कैलालीको लालवोझी घर भएका अर्जुनविक्रम शाहले पाँच हजार तीन सय ९७, धनगढीका पत्रकार दिपेन्द्र भट्टले पाँच हजार, डोटीका पत्रकार डिलवहादुर सिंहले तीन हजार, दार्चुलाका पत्रकार त्रिलोक कुँवरले दुई हजार रुपैयाँ सहयोग गरेका छन ।
यसै गरेर प्रतापपुर गाविसका पूर्व अध्यक्ष केवालाल चौधरीले वोहराको मिगौलाको उपचारका लागि तीन हजार रुपैयाँ दिनु भएको छ । यस्तै गरेर वाजुराका पत्रकार प्रकाश सिंहले एक हजार पाँच सय दिने घोषणा गरेका छन ।
यसअघि शुक्रवार र शनिवार दुई दिन मात्र ५२ हजार २५ रुपैयाँ संकलन भएको थियो ।
नेपाल पत्रकार महासंघ, सुदूरपश्चिम क्षेत्रीय समन्वय समितिले दुवै मृर्गौला खराब भएर प्रत्यारोपण गर्नुपर्ने अवस्थामा रहेकी पत्रकार स्वर्गीय बोहराका श्रीमती ममता बोहरा र आश्रितहरूको सहयोगका लागि सार्वजनिक रूपमा आह्वान गरेपछि उपचार सहयोग संकलन हुन थालेको हो ।
महासंघका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम संयोजक प्रकाशविक्रमले आगामी साता काठमाडौ गएर मृगौला पीडित ममता वोहरालाई वुझाउने जानकारी दिए । अहिलेसम्म झण्डै एक लाख भन्दा वढी रुपैयाँको वचन प्राप्त भएकोमा आधा जस्तो रकम उठिसकेको संयोजक शाहले वताए ।
स्वर्गीय बोहरापत्नी ममताको उपचारका साथै आश्रितहरूको सहयोगका लागि महासंघ केन्द्रीय समिति तथा सुदूरपश्चिम समन्वय समितिले सबै जिल्ला शाखा, सञ्चार गृह तथा सञ्चारकर्मी र उद्योगी, व्यावसायी, पेसाकर्मी र सर्वसाधारणमा आह्वान गरेका छन् । श्रीमतिको उपचारमा रहेका वोहराको मंसिर १० गते दिउँसो कुरुवा वसेका वेला सुतिरहेकै अवस्थामा निधन भएको थियो ।













प्रतिक्रिया