२ कार्तिक २०८३, सोमबार

अर्चनासँग नाच्ने इनिस्पेक्टर एकाएक ‘डिठ्ठा साब’मा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

karan-shresthaकाठमाडौं । नायक एवम् फिल्म निर्माता करण श्रेष्ठको आजकाल अलि भिन्दै पहिचान हुन थालेको छ । थुप्रै फिल्म खेलेपनि धेरै ख्याती कमाउन नसकेका करणलाई अहिले भने नामले भन्दा पनि उनको अभिनय र कामले चिन्न थालिएको छ ।

कान्तिपुर टेलिभिजनबाट प्रत्येक शनिबार बेलुका नौँ बजे प्रशारण हुँदै आएको टेलिसिरियल ‘डिठ्ठा साब’मा इनिस्पेक्टरको भूमिकामा अभिनय गरेका कारण करण अर्थात कर्णे एकाएक चर्चामा आएका हुन् ।

‘लातको भुत बातले मान्दैन, इनिस्पेक्टर कर्णेले यो भन्दा बढी जान्दैन’ भन्ने थेगोसहित अभिनय थालेका कर्णेको चर्चा हुन थालेको हो । यति लामो थेगो किन राखेको ? भन्ने जिज्ञासामा उनले भने, ‘छोटो थेगो त सबैको छ । मैले अलि लामै राखुँ भनेर यस्तो थेगो बनाएँ ।’

‘छेस्को’ फिल्ममा ‘पोर्न स्टार बन्छुभन्दै हिँडेकी युवती अर्चना पनेरु’लाई खेलाएर विवाद र चर्चामा आएका करणले अहिले त्यो कुरालाई बिर्सन चाहन्छ । ‘त्यति बेलाको कुरा अर्कै थियो’, उनले भने, ‘अब आफ्नो कामतिर अलि धेरै ध्यान दिन्छु ।’

उनले ‘डिठ्ठा साब’को क्रेज ग्रामीण भेगका दर्शकमा अलि धेरै रहेको बुझाइ छ । अहिले शहरमा पनि ‘डिठ्ठा साब’ले आफ्नो अलग पहिचान छाड्न सफल भएको करणले प्रतिक्रिया दिए ।

नेपाल चलचित्र विकास बोर्डका सदस्य समेत रहेका करणले फिल्म वितरण पनि गर्छन् । सामाजिक काममा पनि उनको उत्तिकै सहयोग रहने गरेको छ ।

सानो पर्दाका हास्य अभिनेता किशोर भण्डारीले ‘डिठ्ठा साब’ सुरु गरेका हुन् । कथा, लेखन, निर्देशन र अभिनय गर्दै आएका किशोर आफैमा सफल कलाकार मानिन्छन् ।