४ मंसिर २०८३, शुक्रबार

आन्दोलनमा नजान कार्यकर्तालाई कांग्रेसको निर्देशन

42.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepali-congress

भैरहवा, १९ मंसिर । नेपाली काँग्रेस रुपन्देहीले अहिले रुपन्देहीमा भइरहेको कुनै पनि आन्दोलनमा सहभागी नहुन आफ्ना कार्यकर्ता तथा पार्टी सम्बद्ध व्यक्तिहरुलाई आग्रह गरेको छ ।

काँग्रेस रुपन्देही सभापति तथा क्षेत्र नं. १ का सांसद अब्दुल रज्जाकले आइतबार एक विज्ञप्ती जारी गर्दै सो निर्देशन दिएका हुन् । विज्ञप्तीमा भनिएको छ- ‘हाम्रो पार्टीसँग सम्बन्धित व्यक्ति तथा कार्यकर्ताहरु जारी आन्दोलनमा कही कतै सहभागी नहुन आग्रह गर्दछौं ।’

पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला अलग गराउने गरी एमालेले पहिले नै संशोधन प्रस्तावमा हस्ताक्षर गरेको थियो, विज्ञप्तीमा भनिएको छ– ‘सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावका विषयमा एमालेले दोहोरो चरित्र देखाएर जनतालाई अलमलाउन खोजेको छ, यसमा काँग्रेस रुपन्देहीको गंभीर ध्यानाकर्षण भएको छ ।’

२०७१ कार्तिक १७ मा तत्कालीन प्रधानमन्त्री स्वर्गीय सुशील कोईराला नेतृत्वमा रहेको संयुक्त सरकारमा नेकपा एमाले समेतले सवैधानिक राजनीतिक संवाद तथा सहमती समितीमाद्वारा प्रस्तावित सात प्रदेशको अवधाराणमा लुम्बिनी प्रदेशमा नवलपरासीको दाउन्ने पश्चिम, रुपन्देही, कपिलबस्तु, दाङ, बाँके, बर्दिया रहने प्रस्तावमा एमालले समेत हस्ताक्षर गरेको थियो विज्ञप्तीमा जनाइएको छ ।

त्यतीबेला आफैले हस्ताक्षर गरेर प्रस्ताव अगाडी बढाउँदा देश बिखण्डनमा नजाने तर अहिले प्रस्ताव दर्ता भएपछि देश बिखण्डनमा जान्छ भन्नु एमालेको दोहोरो चरित्र भएको र यो राजनीतिक नैतिकता भन्दा बाहिरको कुरा भएको नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकद्वारा जारी बिज्ञप्तीमा जनाइएको छ ।

सरकारले गत मंगलबार राति संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गरेपछि रुपन्देही लगायत प्रदेश नम्बर पाँचमा संशोधन प्रस्ताव विरुद्ध आन्दोलन जारी छ ।

congress

प्रकाश न्यौपानेबाट ।