काठमाडौं, १९ मंसिर । संविधान संशोधनमा चौतर्फी विरोध भइरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईसँग परामर्श गर्नुभएको छ ।
बालुवाटारस्थित आफ्नै सरकारी निवासमा दाहालले आइतबार यादव र भट्टराईसँग छलफल गर्नुभएको हो । छलफलमा संविधान संशोधन प्रस्तावका विषयमा परामर्श भएको प्रधानमन्त्री दाहालको निजी सचिवालयद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।
भेटमा सहभागी संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले अहिलेकै संविधान संशोधनको प्रस्तावलाई आफूहरूले जस्ताको त्यस्तै स्वीकार गर्न सक्ने अवस्थामा नरहेको धारणा राखेको बताउनुभयो ।
‘सीमाङ्कन र भाषाका विषयमा संघीय गठबन्धनको माग बमोजिम कदापि छैन’, उहाँले भन्नुभयो, ‘अहिलेको संशोधनमा केही सुधार भएन भने मान्ने पक्षमा छैनौँ भनेर जवाफ दिएका छौँ ।’
संघीय गठबन्धनले आदिवासी जनजाति, थारु मधेसीका लागि समेत हुने गरेर दश प्रदेशको माग गर्दै आएको छ । भाषाका विषयमा मातृभाषालाई मान्यता दिनुपर्ने अडान ।
संविधान संशोधन प्रस्ताव राष्ट्रघाती भएको भन्द्र प्रमुख विपक्षी दल एमालेले आन्दोलन सुरु गरेको छ । एमालेले संसद बैठक पनि अवरुद्ध गर्दै आएको छ ।
एमालेका कारण आफूलाई अप्ठेरो परेको भन्दै असन्तुष्टि जनाउँदै आउनुभएका दाहालले यादव र भट्टराईसँग सहयोगको आग्रह गर्नुभएको थियो । जवाफमा उहाँहरूले संशोधनको प्रस्तावमा केही कुरा मरिमार्जन अवाश्यक रहेको धारणा राखेका थिए ।











प्रतिक्रिया