२९ आश्विन २०८३, बिहिबार

कुखुरा मासुको मूल्य घट्यो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kukhura

काठमाडौं, २२ भदौ । कुखुराको मासुको मूल्य लगातार घट्दा ब्रोइलर पाल्ने किसान मर्कामा परेका छन् । चितवनमा कुखुरा ब्यवसायी मञ्चले मासुको उपभोक्ता मूल्य प्रतिकेजी दुई सय २० रुपैंयाँ र किसानसँग किन्ने जिउँदो कुखुराको मूल्य प्रतिकिलो एक सय १५ रुपैंयाँ कायम गरेको छ । किसानहरु यो भन्दा पनि कम मूल्यमा किनबेच हुने गरेको बताउँछन्।

किसानले प्रतिकिलो सयदेखि एक सय १० रुपैंयाँसम्म पाएका छन्, नवलपरासी अमरापुरीका ब्रोइलरपालक धनपति ज्ञवालीले भने । चितवन नवलपुर कुखुरा पालक संघका अध्यक्ष दीपक पाण्डे यो मूल्य लागत भन्दा कम भन्छन् । किसानले डेढ महिनाअघि प्रतिगोटा ७५ रुपैंयाँ चल्ला किनेर खोरमा राखेको आजको नागरिकमा खबर छ।

‘राम्रो दाना खायो भने एउटा चल्ला ४५ दिनपछि बढीमा अढाइ किलोसम्म पुग्छ । सामान्यतः दुई किलोभन्दा बढी हुँदैन । अहिले ७५ देखि ८० रुपैंयाँ गोटा चल्ला हालेका किसानले हुर्काएर बेच्दा मुस्किलले दुई सय ३० रुपैंयाँ पाउँछन्,’ अध्यक्ष ज्ञवालीले भने । ज्ञवालीका अनुसार चल्ला दुई किलोको बनाउन दुई सय ४० दृखि दुई सय ८० रुपैंयाँ थप लागत लाग्छ। ‘यो पनि हजार भन्दा धेरै चल्ला पाल्दा लाग्ने हो। थोरै पाल्दा खर्च धेरै लाग्छ। पालेका सबै हुर्कदैनन्। हिसाब गर्दा घाटाबाहेक केही छैन,’ पाण्डेले भने।