३ कार्तिक २०८३, मंगलबार

अमेरिकी अर्थशास्त्री साच्च भन्छन्- चन्द्रागिरि विश्वका पर्यटकहरुको गन्तब्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

american-proffeser

काठमाडौं, १९ मंसिर । आर्थिक विकास र गरिबीबिरुद्धको लडाईका ज्ञाता भनेर चिनिने अमेरिकन अर्थशास्त्री एवं कोलम्बिया विश्वविधालयका प्राध्यापक जेफ्री डी. साच्चले परिवारसहित चन्द्रागिरि हिल्सको अनौपचारिक भ्रमण गर्नुभएको छ ।

भ्रमणको क्रममा चन्द्रागिरि हिल्सको आगन्तुक पुस्तिका मार्फत शुभकामना ब्यक्त गर्दै चन्द्रागिरिमा निर्माण भएको एकीकृत पर्यटकीय पूर्वाधारबाट आफु अत्यन्तै प्रभावित भएको उल्लेख गर्नुभएको छ ।

american-proffeser-1

यस्तो अनुपम पर्यटकीय सम्भावना भएको क्षेत्रलाई नेपाल लगायत विश्वका पर्यटकहरुको पहुँचमा ल्याउन सफल भएकोमा साच्चले कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालमार्फत सबैलाई धन्यबाद ज्ञापन गर्नुभएको छ । आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै साच्चले नेपाल र नेपालीको सुख, शान्ति र समृद्विको कामना व्यक्त गर्नुभएको छ ।

विश्वविख्यात हावर्ड विश्वविधालयमा ३० वर्ष प्राध्यापनको अनुभव संगालेका साच्च संयुक्त राष्ट्र संघ ‘सोह्रशताब्दी विकास लक्ष्य’ का विशेष सल्लाहकार हुनुहुन्थ्यो । साच्चले संयुक्त राष्ट्र संघका पूर्व महासचिवद्वय कोफी अन्नान र वान कि मुनको कार्यकालमा यो जिम्मेवारी सम्हाल्नु भएको थियो ।