१ कार्तिक २०८३, शनिबार

अमेरिका र अस्ट्रेलिया पठाउन ४० लाख रुपैयाँ !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

USA-Flag

काठमाडौं, २२ भदौ ।  युवाहरुलाई अमेरिका र अस्ट्रेलिया पठाइदिने भन्दै करोडौं ठगी गर्ने नुवाकोटका श्यामराज पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । उपल्लो तहका कर्मचारीले सरकारी कागजपत्र बनाइदिएर उनलाई सघाउने गरेको अनुसन्धानबाट खुलेको आजको नयाँ पत्रिकामा समाचार छापिएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआइबीले पाण्डेलाई गत साता पक्राउ गरी अनुसन्धान गरिरहेको छ । सरकारी अधिकारीहरुले नै पाण्डेले खोजेको युवाहरुको भिसा नेाट दिएर सहयोग गरेको अनुसन्धानबाट खुलेको स्रोतले जनाएको छ।

पाण्डेले सहरी फोहोर प्राविधिक व्यवस्थापन सेवा र समीक्षा टी एन्ड कफी नामक संस्था स्थापना गरी तिनकै नामबाट मन्त्री, सभासद् र उच्च तहका कर्मचारीलाई विदेश पठाउने गरेका थिए । तत्कालीन महिलामन्त्री बद्री न्यौपानेलाई पनि पाण्डेले आफ्नो संस्थाबाट विदेश लगेका थिए ।

सरकारी कर्मचारीसँगै विदेश पठाइदिनेभन्दै पाण्डेले युवाहरुबाट रकम उठाउने गरेको अनुसन्धानबाट खुलेको छ । सिआइबी स्रोतका अनुसार सयभन्दा धेरै पीडितले उनीविरुद्ध उजुरी गरिसकेका छन् । अमेरिका पठाइदिने भन्दै लाक्पा शेर्पा नामक युवाबाट मात्रै पाण्डेले ४० लाख रुपैयाँ उठाएका थिए।

एकजनासँग कम्तीमा पाँच लाख रुपैयाँ उठाएका थिए ।