महेन्द्रनगर, १९ मंसिर । नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले ‘विद्यार्थी र क्याम्पस’का हितमा उठान गरेका मुद्दामा क्याम्पस प्रशासनले चरम वेवास्ता गरेको भन्दै महेन्द्रनगरस्थित सिद्धनाथ विज्ञान क्याम्पसका प्रमुख डा. पूर्ण बहादुर चन्दलाई थुनेका छन् ।
अखिल क्रान्तिकारीले आईतबार सिद्धनाथ विज्ञान क्याम्पसका प्रमुखलाई बिहान कार्यकक्षमै आधा घण्टा थुनेर बाहिर नाराबाजी गरेका थिए । अखिल क्रान्तिकारी कञ्चनपुरका जिल्ला अध्यक्ष विरेन्द्र राज विष्टले क्रान्तिकारीले उठान गरेका मुद्दामा क्याम्पस प्रमुखले हदैसम्मको चरम वेवास्ता गरेका कारण थुनेको बताए ।
उनका अनुसार क्रान्तिकारीले विद्यार्थीको हित र क्याम्पस सुधारका पक्षमा पटक पटक क्याम्पस प्रमुखलाई ज्ञापन पत्र बुझाउदा समेत प्रमुखले सम्बोधन गर्नुको साटो उल्टै आक्र्रोसितशैलीमा प्रस्तुत हुँदा थुनेका हुन् ।
अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष विष्टले भने ‘क्याम्पस प्रमुख फरम संगठनका हुँदा विद्यार्थीका हितमा क्रान्तिकारीले उठाएका माग वेवास्ता गरे ।’ क्याम्पस प्रमुख चन्द फरक संगठनका हुँदा उनले आफुहरुसित क्यापस प्रमुख भन्दा पनि संगठनले व्यवहार देखाएको उनको भनाई छ ।
क्याम्पस प्रमुख चन्दले आफुहरुका मागप्रति गैर जिम्मेबारीता देखाएकाले आफुहरु बाध्य भएर आन्दोलन गर्न लागेको उनको भनाई छ । ‘विज्ञानका स्थायी शिक्षक निजी विद्यालयमा पढाउन जान्छन्,’ उनले भने ‘क्याम्पस प्रमुख चन्द टुलुटुल हेरि बसेका छन् ।’ अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य कबिराज धामी(तुफान)ले क्याम्पस प्रमुख कुनै पार्टीको कार्यकर्ता जस्तै भएर प्रस्तुत हुँदा क्रान्तिकारीले एक्सन लिएको बताए । ‘क्याम्पस प्रमुख ज्यूँ प्रमुखको जिम्मेबारी भन्दा पनि हामी क्रान्तिकारीले उठाएका मागमा कुनै पार्टीको खाटी कार्यकर्ता जस्तै भएर आए ।’ उनले भने ‘हामीले उठान गरेका माग सम्बोधन नगर्न उनले आनाकानी गरे ।’ अखिल क्रान्तिकारीका केन्द्रीय सचिव राधाकृष्ण जोशीले क्रान्तिकारीले उठान गरेका विद्यार्थी र क्याम्पसको हितमा हुने जायज माग पुरा गर्न आग्रह गरे । क्याम्पस प्रमुख चन्दले क्रान्तिकारीलाई लिएको लिखित माग पनि झारा टार्नका लागि गरेको भन्दै क्रान्तिकारीले समय तोक्न माग गरेका थिए ।
क्रान्तिकारी विद्यार्थी संगठनले क्याम्पस प्रमुखले जायज माग पुरा गर्न आनाकानी गरे सशक्त ढङगबाट आन्दोलन चर्काउने चेतावनी दिएका छन् । विज्ञान क्याम्पसका प्रमुख डा. पूर्ण बहादुर चन्दले क्रान्तिकारीले उठान गरेका माग बारे आफुले लिखितै लिएको बताउदै, सम्बोधन हुने माग सम्बोधन गरेको बताए । ‘हामीले क्याम्पसका तर्फबाट लिखित रुपमै माग बुझायौँ ।’ उनले भने ‘जुन माग सम्बोधन गर्न सकिन्छ ।’ आर्थिक अभाव र दरबन्दी अभावका कारण क्याम्पसमा समस्या भएको बताउदै क्रान्तिकारीले उठान गरेका माग पुरा गर्न समस्या भएको उनको भनाई छ । स्नाकोत्तरमा शुल्क बृद्धि गर्न बाध्यता रहेको बताउदै क्याम्पस प्रमुख चन्दले दरबन्दी नदिदा समस्या भएको बताए ।
विज्ञानका स्थायी प्राध्यापकहरुले बाहिर पढाउने बारेमा आफुलाई केही जानकारी नभएको भन्दै उनले त्रियुको ऐन अनुसार क्याम्पस संचालकै समयमा बाहिर पढाए कार्बाही हुने प्रमुख चन्दले बताए । क्रान्तिकारी लगायत अन्य विद्यार्थी संगठनले उठाएका माग बारे मंसिर २२ गते बृहद् छलफल गरे सबैका माग सम्बोधन गर्न विज्ञान क्याम्पसले तयारी थाल्ने भएको छ । क्रान्तिकारीले भने विद्यार्थी र क्याम्पसका हितमा उठाएका माग सम्बोधन नगरि जस्तोजुसकै आन्दोलन गर्ने समेत चेतावनी दिएका छन् । यस अघि क्रान्तिकारी लगायत अन्य संगठनले पनि क्याम्पसको आन्तरिक तथा बाह्य भौतिक सुधारका लागि ज्ञापन पत्र दिएका थिए ।













प्रतिक्रिया