४ मंसिर २०८३, शुक्रबार

प्रधानमन्त्रीलाई ‘बहुला कुकुर’ भन्दा जब माओवादीका सबै सांसदले समर्थन जनाए…

142.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sansad-prachanda

काठमाडौं, १९ मंसिर । शुक्रबारको संसद बैठकमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि ‘बहुला कुकर’ शब्दको प्रयोग भयो ।

संविधान संशोधन प्रस्तावको विरोध गर्दै संसदमा बोलेका नेकपा मालेका सांसद सीपी मैनालीले प्रचण्डलाई ‘बहुला कुकुर’ले टोकेको हो कि भनेर प्रश्न गरेका थिए । उनले जनभावना विपरित प्रस्ताव ल्याउने प्रधानमन्त्रीलाई ‘बहुला कुकर’ टोकेको अनुमान गर्दै संसदमै बोलिदिएका थिए ।

मैनालीले यो शब्द प्रचण्डमाथि प्रयोग गर्दा प्रधानमन्त्रीकै दल माओवादी केन्द्रका कुनै पनि सांसदले प्रतिवाद गरेनन् । उल्टै सुनेर समर्थन जनाए ।

cp-mainali-1
सीपी मैनाली

अझ रोचक कुरा त के छ भने यो विषयमा अन्य दल (कांग्रेस)का सांसदले बोल्नुपर्यो त्यो पनि ‘विचरा’ प्रधानमन्त्रीको मन राख्नका लागि । कांग्रेस सांसद रामहरि खतिवडाले ‘बहुला कुकुर’ शब्दमा आपत्ति जनाउँदै संसदको रेकर्डबाट हटाउन लगाएका थिए ।

आफूमाथि ‘बहुला कुकुर’ शब्दको प्रयोग हुँदा आफ्नै पार्टीका सांसदले प्रतिवाद नगरेपनि प्रधानमन्त्री प्रचण्डले संसदमै अपमानित महसुस गरे । र, आफ्ना निकटवर्तीसँग यसलाई दुर्भाग्यपूर्ण घटना भनेका थिए । साथै उनले शनिबार बसेको पार्टीको पोलिटब्यूरो बैठकमा पनि आफूमाथि तल्लो स्तरको शब्दले आक्रमण हुँदा समेत सांसदहरु एक शब्द नबोलेको भन्दै आक्रोश पोखेका थिए ।

प्रधानमन्त्री प्रचण्डलाई ‘बहुला कुकुरले टोकेको’ र यसको विरोध नगरी माओवादीका सबै सांसदले समर्थन जनाएको विषय अहिले भारतमा पनि चर्चाको विषय भनेको छ । भारतीय मिडियाले ‘नेपाल के सांसद कहेते है, प्रधानमन्त्री को कुत्ते ने काँटा है’ ‘नेपाल के संसद मे एक रोचक घटना घटी’जस्ता हेडलाइन बनाएर प्राथमिकताका साथ समाचार प्रशारण गरेका छन् ।