१ कार्तिक २०८३, आइतबार

तराई र पहाडी जिल्ला टुक्र्याउने प्रस्तावको भारतद्वारा स्वागत, संशोधन ‘महत्वपूर्ण कदम’

17.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विकास स्वरूप, प्रवक्ता, विदेश मन्त्रालय
विकास स्वरूप, प्रवक्ता, विदेश मन्त्रालय

नयाँदिल्ली, १९ मंसिर । भारत सरकारले नेपालमा हुन लागेको संविधान संशोधन विधेयकलाई ‘महत्वपूर्ण कदम’ भने टिप्पणी गरेको छ ।

शनिबार नयाँदिल्लीस्थित विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूपले नेपालको संसद सचिवालयमा दर्ता भएको संविधान संशोधनको प्रस्तावले राजनीतिक निकास दिने बताएका हुन् ।

तराईबाट पहाडी जिल्ला टुक्र्याउने तथा अंगीकृत नागरिकलाई अधिकार दिने यो प्रस्तावको भारतले पहिलो पटक महत्वपूर्ण कदम भनेर टिप्पणी गरेको हो ।

‘संशोधन प्रस्तावले छिमेकी देश नेपालको शान्ति र स्थिरताका लागि उचित कदम हो’, विकास स्वरुपले भनेका छन्, ‘भारतले सबै किसिमको समर्थन दिनेछ । नेपालमा संविधान संशोधनका लागि भइरहेको प्रयास सफलतापूर्वक पूरा हुनेछ ।’

‘नेपालको शान्ति, स्थिरता र प्रगति भारत–नेपाल दुबैको हितमा हुन्छ’, प्रवक्ता विकास स्वरुपले भनेका छन्, ‘भारत, नेपाल सरकारको वार्ता र संवैधानिक प्रक्रियामार्फत आफ्नो समाजका सबै समस्या पूरा गर्न पहल गर्नेछ ।’

स्वरूपले भनेका छन्, ‘मौजूदा प्रक्रिया अनुसार २९ नोभेम्बरमा नेपाली संसदमा संविधान संशोधन विधेयक दर्ता हुनु एक महत्वपूर्ण कदम हो ।’ भारतको यो विवादास्पद अभिव्यक्तिसँगै नेपाली राजनीति एकपटक फेरि चर्किनेछ । – एजेन्सी