२ कार्तिक २०८३, सोमबार

‘कुम्भकरण’को सम्पादन अन्तिम चरणमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

deepak-oli-aकाठमाडौं । दीपक ओली निर्देशित फिल्म ‘कुम्भकरण’ले आफ्नो छायाँकन सकेर सम्पादनमा गएको छ ।

प्यूठान र राजधानीका विभिन्न स्थानमा छायाँकन गरिएको ‘कुम्भकरण’ ओलीको दोस्रो निर्देशित फिल्म हो । यसअघि ओलीले ‘रोल्पा रोग’ निर्देशन र निर्माण गरेका थिए ।

युवा निर्देशक ओलीको ‘रोल्पा रोग’ले चर्चा कमाएको थियो । व्यावसायिक रुपमा सफल नभए पनि ‘रोल्पा रोग’ले उठाएको विषयवस्तु र त्यसमा प्रवेश गराइएको दृृश्यको सबैले प्रसंशा गरेका थिए ।

आकाशदीप इन्टरटेनमेन्टको व्यानरमा निर्माणमा बनेको ‘कुम्भकरण’का निर्माता रोम ओली र क्षितिज बस्नेत हुन् । गाउँको साधारण सरकारी स्कुलको कथालाई रोमाञ्चित र कमेडी फ्लेभरमा ‘कुम्भकरण’मा समावेश गरिएको निर्देशक ओलीले बताए । भने, ‘स्कुलको साधारण कथावस्तु छ । त्यसैलाई मायाप्रेम, रोमान्स र कमेडीमा ढालिएको छ ।’

फिल्ममा भोलाराज सापकोटा, नायिका निशा अधिकारी, आकाश पल, गौरव पहाडी, अभय बराल लगायतको अभिनय छ । फिल्ममा केही थिएटरका कलाकारहरू आवद्ध छन् ।

‘कुम्भकरण’को कथा, पटकथा र सम्वाद महेश दवाडीको हो । गोविन्द मधुर आचार्य, विनोद ढकालको संगीत रहेको ‘कुम्भकरण’मा गायिका सुधार रत्नलगायतका गायक गायिकाले स्वर दिएका छन् । फिल्ममा नृत्य निर्देशन सुरेन बस्नेतले गरेका हुन् । फिल्मको छायाँकन हरि घले लामाले गरेका छन् ।

‘कुम्भकरण’लाई ०७४ को जेठ महिनाभित्र रिलिजको लक्ष्यसहित काम जारी राखिएको निर्देशक ओलीले बताए । ‘कुम्भकरणको सम्पादनको काम भइरहेको छ’, उनले भने, ‘०७४ सालको जेठ महिनाभित्र रिलिजको तयारीमा छौँ ।’