२ कार्तिक २०८३, सोमबार

रजनीकांतलाई शूटिङका बेला चोट लाग्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rajnikantaमुम्बई । दक्षिण भारतका सुपरस्टार अभिनेता रजनीकांत चेन्नईमा शनिवार साँझ शूटिंगका बेला चोट लागेर घाइते भएका छन् ।

रजनीकांतले आजकल लाइका प्रोडक्शनको फिल्म २.० को शूटिंग गरिरहेका छन् ।

रजनीकांतका बारेमा जानकारी राख्ने एक समर्थकले फिल्म शूटिंग गरिरहेका बेला चोट लागेको जनाएका छन् । चोट लागेपछि रजनीकांतलाई

तत्काल नजिकको अस्पतालमा लगेर प्राथमिक उपचार गरिएको छ । उपचारपछि रजनीकांत अहिले ठीक रहेको समाचारमा उल्लेख छ ।

रजनीकांतको सुपरहिट फिल्म १.० के सीक्वल फिल्म २.० को शूटिंग गरिरहेका छन् । यो फिल्ममा बलिवुड स्टार अक्षय कुमारले भिलेनको भूमिकामा अभिनय गर्दै छन् । – एजेन्सी