१९ कार्तिक २०८३, बिहिबार

काठमाडौंको बौद्धमा १० किलो सुन भेटियो

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gold

काठमाडौँ, १८ मङ्सिर । प्रहरीले बौद्धको फुलबारी क्षेत्रबाट तस्करी भइरहेको १० किलो सुन बरामद गरेको छ ।

गएराति गस्तीमा रहेको प्रहरी देख्नासाथ मोटरसाइकलमा सवार दुई व्यक्ति मोटरसाइकल छोडी भागेपछि जाँच गर्दा सो सुन बरामद भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले जानकारी दिनुभयो ।

बा ५५ प १७७२ नम्बरको १५० सिसिको पल्सर मोटरसाइकलको भित्रि भागमा लुकाइराखेको अवस्थामा सो सुन भेटिएको हो ।

मोटरसाइकलमा सवार अभियुक्त र मोटरसाइकल धनीको सम्बन्धमा छानविन भइरहेको उहाँले जानकारी दिनुभयो । प्रवक्ता कार्कीले भन्नुभयो, “आज शनिबार भएकाले बरामद सुन आइतबार राजस्व विभागको जिम्मा लगाउँछौं ।”

बिस्कुटको आकारमा रहेको १० वटा टुक्रामा रहेको सो सुनको बजारमूल्य रु चार करोडभन्दा बढी पर्छ । रासस