१९ कार्तिक २०८३, बिहिबार

आइओएमको नयाँ डिनमा डा अग्रवाल नियुक्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jagdish-agrawalकाठमाडौँ, १८ मङ्सिर । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले प्राध्यापक डा जगदीश अग्रवाललाई चिकित्सा शास्त्र अध्ययन संस्थानको डिनमा नियुक्त गरेको छ ।

उक्त संस्थानका डिन केपी सिंहले शुक्रबार पदबाट राजीनामा दिएपछि परिषद्ले डा अग्रवाललाई आज नियुक्त गरेको हो । आजैदेखि लागू हुने गरी उहाँको नियुक्ति भएको त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।

डा अग्रवालको नियुक्तिसँगै चिकित्सा शास्त्रका विसङ्गति अन्त्यको माग गर्दै विगत २० दिनदेखि अनशनरत डा गोविन्द केसीका मागमध्येको एउटा माग पूरा भएको छ । रासस