१९ कार्तिक २०८३, बिहिबार

पत्रकार बोहराको परिवारलाई सहयोग

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

15282042_10210100905272665_1208313488_n

धनगढी, १८ मंसिर । स्वर्गीय पत्रकार कर्ण बोहराका श्रीमती ममता वोहराको मिर्गौलाको उपचारका लागि विभिन्न संस्था तथा व्यक्तिबाट सहयोग प्राप्त हुने क्रम जारी छ । यसक्रममा शुक्रवार र शनिवार दुई दिन मात्र ५२ हजार २५ रुपैयाँ संकलन भएको छ ।

नेपाल पत्रकार महासंघ, सुदूरपश्चिम क्षेत्रीय समन्वय समितिले दुवै मृर्गौला खराब भएर प्रत्यारोपण गर्नुपर्ने अवस्थामा रहेकी पत्रकार स्वर्गीय बोहराका श्रीमती ममता बोहरा र आश्रितहरूको सहयोगका लागि सार्वजनिक रूपमा आह्वान गरेपछि उपचार सहयोग संकलन हुन थालेको हो ।

यस क्रममा शनिवार जापानमा रहेका खेम ओझाले १० हजार सहयोग गरेका छन । डोटी घर भएका ओझाले नेपाल रहँदा काफली साप्ताहिक चलाउथे । ओझाले फरि पनि सहयोग गर्ने वताएका छन ।

घोडाघोडी नगरपालिका–१२ का गोविन्द वुढाले पनि ममताको उपचारका लागि पाँच हजार रुपैयाँ प्रदान गरेका छन ।

काठमाडौमा रहेका प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एकिन्द्र कुँवरले पाँच हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन । भजनीको महुन्याल उच्च माविका अध्यक्ष समेत रहेका रुद्र जोशीले व्यक्तिगतरुपमा दुई हजार रुपैयाँ सहयोग गरेका छन ।

यसअघि शुक्रवार पत्रकार महासंघ, बझाङ शाखाले शुक्रबार १० हजार रुपैयाँ प्रदान गरेको शाखा अध्यक्ष जगत खड्काले बताए ।

prakash

महासंघका सुदूरपश्चिम संयोजक तथा केन्द्रीय सदस्य प्रकाशबिक्रम शाहका अनुसार शुक्रबार नै बरिष्ठ पत्रकारद्वय मोहन मैनाली र ध्रुव बस्नेतले जनही पाँच हजार रुपैयाँ प्रदान गरेका छन् ।

त्यस्तै, बाजुरामा कार्यरत पत्रकार धर्म पाध्याले एक हजार २५ र अर्जुन शाह र पदम सिंहले जनही पाँच सय रुपैयाँ प्रदान गरेका छन् ।

त्यस्तै, कैलालीमा रहेको फाया नेपालका अध्यक्ष शेरबहादुर बस्नेतले पनि पाँच हजार रुपैयाँ सहयोग प्रदान गरेको क्षेत्रीय संयोजक शाहले बताए । संयोजक शाहले आगामी साता काठमाडौ गएर मृगौला पीडित ममता वोहरालाई वुझाउने जानकारी दिए ।

स्वर्गीय बोहरापत्नी ममताको उपचारका साथै आश्रितहरूको सहयोगका लागि महासंघ केन्द्रीय समिति तथा सुदूरपश्चिम समन्वय समितिले सबै जिल्ला शाखा, सञ्चार गृह तथा सञ्चारकर्मी र उद्योगी, व्यावसायी, पेसाकर्मी र सर्वसाधारणमा आह्वान गरेका छन् ।

श्रीमतिको उपचारमा रहेका वोहराको मंसिर १० गते दिउँसो कुरुवा वसेका वेला सुतिरहेकै अवस्थामा निधन भएको थियो ।