३ कार्तिक २०८३, मंगलबार

प्राधिकरणभित्र खान पल्केकाहरूमा छटपटी सुरु : उर्जा मन्त्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

janardan-sharmaकाभ्रे, १८ मंसिर । उर्जामन्त्री जनार्दन शर्माले लोडेडिङ हटाउने अभियानमा असहयोग गर्ने प्राधिकरण संचालकहरूमाथि कारबाही सुरु भएको बताउनुभएको छ ।

काभ्रेको कुन्तावेशीमा शनिबार आयोजित कार्यक्रममा मन्त्री शर्माले लोडसेडिङ हटाउने उर्जा मन्त्रालयको अभियानमा अवरोध गर्नेहरूलाई कारबाही भएरै छाड्ने चेतावनी दिनुभएको हो ।

उर्जामन्त्रालयले विद्युत प्राधिकरण संचालक समिति सदस्य लक्ष्मणप्रसाद अग्रवाल, मनोज मिश्र र सुरज लामिछानेलाई अवैधानिक गतिविधिमा संलग्न भएको आरोपमा शुक्रवार लिखित स्पष्टीकरण सोधेको छ । स्पष्टीकरण चित्तबुझ्दो नभए उनीहरूमाथि थप कार्वाही गर्ने मन्त्रालयको तयारी छ ।

उर्जामन्त्री शर्माले विद्युत प्राधिकरणभित्र परेको प्वाँल टालेको कारण केही व्यक्तिहरूमा छटपटी बढेको भन्दै त्यस्तो छटपटी अझ बढाइदिने चेतावनी दिनुभयो ।

‘बिजुली चुहिने प्वाल प्राधिकरणभित्रै परेको रहेछ, मैले त्यो प्वाँल टाल्न लगाएँ, त्यसपछि मात्र लोलसेडिङ हटाउन सकियो’, मन्त्री शर्माले भने ।

प्राधिकरणभित्र खान पल्केकाहरूको हर्कतविरुद्ध आफू कठोर भएर प्रस्तुत हुने उहाँले चेतावनी दिनुभयो ।