१ कार्तिक २०८३, आइतबार

ट्रम्पले ताइवानी राष्ट्रपतिलाई गरे टेलिफोन, चीनको कडा आपत्ति

13.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

U.S. Republican presidential nominee Donald Trump appears at a campaign roundtable event in Manchester

काठमाडौं, १८ मंसिर । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानका राष्ट्रपति त्साइ इंग वेनसँग टेलिफोन गरेका छन् ।

दुई राष्ट्रपतिबीच शुक्रबार अपराह्न भएको फोनवार्तामा अर्थव्यवस्था र अमेरिका–ताइवानबीचको सुरक्षा व्यवस्थाका विषयमा कुराकानी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि ट्रम्प राष्ट्रपतिमा निर्वाचित हुँदा ताइवानका राष्ट्रपतिले बधाइ दिएका थिए ।

ट्रम्पले तोडे दशकौं पुरानो राजनीतिक नीति

ताइवानी राष्ट्रपतिलाई टेलिफोन गरेर ट्रम्पले अमेरिकाको दशकौं पुरानो राजनीतिक नीति समेत तोडेका छन् । यो एक चीन नीति विपरित हो ।

चीनको कडा आपत्ति

यसैबीच ट्रम्पले ताइवानी राष्ट्रपतिलाई टेलिफोन गरेपछि चीनले कडा आपत्ति जनाएको छ । चिनियाँ सरकारी समाचार संस्था सिन्हुवाका अनुसार चीनका विदेशमन्त्री वाङ यीले शनिबार हङकङको फोनिक्स टेलिभिजनसँग कुरा गर्दै ट्रम्पको कदमको भत्सर्ना गरेका छन् । उनले यसलाई एक चीन नीति विपरितको कदम भनेका छन् । र, आगामी दिनमा यस्ता गतिविधि नदोहोर्याउन चेतावनी दिएका छन् ।

साथै, फोनवार्ता ताइवानी ताइवानी नेता सेइको चालबाजी मात्र भएको भन्दै यसबाट चीनको अमेरिकासँगको सम्बन्धमा भिन्नता नआउने उनले विश्वास व्यक्त गरे ।