१९ कार्तिक २०८३, बिहिबार

भारतीय दूतावासमा ‘रञ्जीत रेलाई देश निकाला गर’ नारा लागेपछि…

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

youa-sang

काठमाडौं, १८ मंसिर । राजधानीको लैनचौरस्थित भारतीय राजदूतावास अगाडि प्रदर्शन भएको छ ।

संविधान संशोधन प्रस्ताव भारतीय स्वार्थमा आएको र नेपालमा भारतीय राजदूतको अस्वभाविक चलखेल र हस्तक्षेपविरुद्ध भन्दै एमाले निकट युवा संगठन अनेरास्ववियु र युवा संघले भारतीय दूतावास छिर्ने बाटो लैनचौर क्षेत्रमा दुई घण्टा चक्का जाम गर्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा युवाहरुले ‘भारतीय चलखेल बन्द गर’, ‘भारतीय राजदूत रञ्जीत रेलाई देश निकाला गर’, ‘भारतीय हस्तक्षेप मुर्दावाद’ भन्दै चर्को नाराबाजी गरेका थिए ।

युवा संघका प्रवक्ता प्रभातविक्रम कटवालका अनुसार नेपाली राजनीतिमा अस्वभाविक चलखेल गरी भारतीय राजदूतले अस्थिरता कायम गरेको भन्दै उनलाई देश निकाला गर्नुपर्ने बताए ।

दूतावासकै अगाडि ‘भारतीय राजदूत रञ्जीत रेलाई देश निकाला गर’ भन्ने नारा लाग्दा आजभने प्रहरीले हस्तक्षेप गरेन् । अरुबेला ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले प्रदर्शन गर्दा प्रहरीले हस्तक्षेप गर्दै आएको थियो ।