४ मंसिर २०८३, शुक्रबार

भारतीय राजदूतले मधेसवादी दलका शीर्ष नेता बोलाएर संविधान संशोधनबारे के भने ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ranjit-rae

काठमाडौं, १८ मंसिर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताहरुले भारतीय दूतावास लैनचौरमा गएर राजदूत रञ्जीत रेसँग भेटवार्ता गरेका छन् ।

शनिबार विहान भएको भेटमा संविधान संशोधन र भारतीय लगानीमा तराईमा सञ्चालित परियोजना शिघ्र कार्यान्वयनका विषयमा छलफल भएको स्रोतले जनाएको छ । त्यसअवसरमा राजदूत रेले संविधान संशोधनका लागि आएको अहिलेको प्रस्तावमा तपाईहरुको धारणा के हो ? कसरी अगाडि जाने भन्नेबारे चासो व्यक्त गरेका थिए ।

यता भेटमा सहभागी सदभावना पार्टी अध्यक्ष राजेन्द्र महतोले भेटघाट भएको र समग्र विषयमा सामान्य छलफल भएको बताए ।

भेटमा राजेन्द्र महतोसहित महन्थ ठाकुर, महेन्द्रराय यादवलगायत सबै शीर्ष नेता सहभागी थिए ।

भारतीय राजदूतले मधेसी नेताहरु भेट्दा एमाले निकट युवा संघ र अनेरास्ववियुले राजदूतावासअगाडि भारतविरुद्ध प्रदर्शन गरेका थिए ।