१९ कार्तिक २०८३, बिहिबार

ट्रक दुर्घटनामा एकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाँचथर, १८ मङ्सिर । मेची राजमार्गअन्तर्गत पाँचथर भारता–५ स्थित गुराँसे भन्ने स्थानमा आज बिहान ट्रक दुर्घटना हुँदा ट्रक चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा फिदिङ-८ लालीखर्कका ३० वर्षीय मनकुमार राई रहेका छन् ।

झापाबाट ताप्लेजुङतर्फ जाँदै गरेका मे १ ख १८४९ नम्बरको ट्रक सडकबाट करिब दुई सय मिटर तल झरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । ट्रक चालक निदाएका कारण उक्त दुर्घटना भएको हुनसक्ने अनुमान प्रहरीको छ । रासस