३ कार्तिक २०८३, मंगलबार

उपल्लो मादीको २५ मेगावाट विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

parsaran-line

पोखरा, १७ मङसिर । कास्कीको सिल्दजुरे गाविसमा निर्मित उपल्लो मादी जलविद्युत आयोजनाबाट उत्पादित २५ मेगावाट विद्युत पुसको दोस्रो साता राष्ट्रिय प्रशारण लाइनमा जोडिने भएको छ ।

आयोजना स्थलमा आज गरिएको सञ्चारकर्मीसहितको स्थलगत अवलोकनका क्रममा आयोजनाका अध्यक्ष विजयबाबु मल्लले निर्माणको काम लगभग अन्तिम चरणमा पुगिसकेका कारण पुसभित्र लेखनाथ नगरपालिकास्थित सव स्टेशनमा जडान गरिने बताउनुभयो ।

आयोजनाबाट २५ मेगावाट जलविद्युत उत्पादन हुने जानकारी दिँदै उहाँले आयोजना पूर्णरुपमा सफल हुन करिब रु सात अर्ब लागत लागेको बताउनुभयो ।

आयोजना संयोजक राजकुमार बरालले २०६९ पुस १३ गतेदेखि निर्माण सुरु गरिएको आयोजनाअन्तर्गत सिल्दजुरे गाविस–४ चासुमा बाँध र ९ थाचोक, गैरीखेतमा पावरहाउस निर्माण सम्पन्न भएको जानकारी दिनुभयो । रासस