काठमाडौं, १८ मंसिर । इजराइल पठाइदिन्छुभन्दै एक करोडभन्दा बढी ठगी गरेर फरार व्यक्ति पक्राऊ परेका छन् ।
महानगरीय अपराध अनुसन्धान महाशाखाले प्युठान तोर्वाङ–६ घर भई हाल भारत लखनऊ बस्दै आएका ३८ वर्षीय ईश्वरीप्रसाद पोखरेललाई पक्राउ गरेको हो ।
उनी २३ जनाभन्दा बढी युवालाई रोजगारीका लागि इजरायल पठाइदिने भन्दै १ करोड ५ लाख नेपाली रुपैयाँ लिएर सम्पर्कबिहीन भएका थिए ।
०६७ सालमा नबिल र किस्ट बैंकमा ठगी गरेको मुद्दामा उनलाई अदालतबाट दुई वर्ष कैद र २ लाख २९ हजार रुपैयाँ जरिवाना पनि गरिएको थियो ।
उनले लखनउ र गोरखपुरमा रहेको बैंकबाट खाता खोली सवारीचालक अनुमतिपत्र लिएका थिए ।
पोखरेलले सन्दीप दर्नाल, भीमबहादुर दर्जी, शान्ति राईसमेत २३ जनालाई इजरायल पठाउने भनी १ करोड ५ लाख लिएको, सुदीपराज पन्तलाई दक्षिण कोरिया पठाउने भनी ३ लाख लिएको, रोजन लामालाई राष्ट्रिय अनुसन्धानमा जागिर लगाइदिने भनी २ लाख ५० हजार लिई सम्पर्कविहीन भई लखनउ बस्दै आएका थिए ।















प्रतिक्रिया