१ कार्तिक २०८३, आइतबार

फ्रान्समा राष्ट्रपति अलोँ उम्मेदवार नहुने भएपछि वामपन्थी क्षेत्रमा उम्मेदवारी खुला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

france-president.jpg

पेरिस, १७ मङ्सिर । फ्रान्सेली राष्ट्रपति फ्राँस्वा अलोँले दोस्रो पदावधिका लागि प्रयास नगर्ने बताउनुभएपछि उहाँका प्रधानमन्त्री म्यानुएल भाल्सलाई आउँदो वर्ष हुने राष्ट्रपति पदको निर्वाचनका लागि उम्मेदवार हुन मार्ग खुला भएको छ ।

राष्ट्रपति अलोँप्रतिको समर्थन हाल निकै कम छ र उहाँले त्यसलाई स्वीकार गर्दै आउँदो वर्ष पदबाट हट्ने निर्णय गर्नुभएको छ । यसबाट वामपन्थी क्षेत्रबाट निर्वाचनका लागि स्थान खुला भएको छ र त्यो अनुमान गर्न नसकिने भएको छ ।

राष्ट्रपति अलोँका समर्थक देखिनुभएका प्रधानमन्त्री भाल्सले आफूले वामपन्थीका तर्फबाट प्रारम्भिक चरणको निर्वाचनमा राष्ट्रपति अलोँको विरुद्ध उम्मेदवार हुने गत साता सङ्केत दिनुभएको थियो । अब उहाँ उम्मेदवार बन्ने अनुमान गरिएको छ ।

अभिमत सर्वेक्षणमा कुनै पनि वामपन्थी नेताले मे महिनामा हुने दोस्रो चरणका निर्वाचनमा प्रवेश नपाउने देखिएको छ ।

हाल सर्वेक्षणमा दक्षिणपन्थी रिपब्लिकन पार्टीका उम्मेदवार फ्राँस्वा फिलोँ कट्टर दक्षिणपन्थी नेसनल फ्रन्टका उम्मेदवार म्यारिन ल पेँलाई पराजित गरी राष्ट्रपति बन्नुहुने अवस्था देखिएको छ । – एएफपी