नेपालगंज, १७ मंसिर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी)को भेरी ब्यूरोले बाँकेका नेता चित्रबहादुर विकलाई कारबाही गरेर पार्टीको सम्पूर्ण जिम्मेवारीवाट निष्काषन गरेको छ ।
बाँकेका जिल्लाको सचिवालय सदस्य विकले आर्थिक अपचलन गरेको भन्दै कारबाही गरेर पार्टीबाट निस्कासन गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।
भेरी ब्यूरो ईञ्चार्ज जीवनद्वारा जारी गरिएको विज्ञप्तिमा पार्टीको नीति विपरितका गतिविधिहरू सञ्चालन गरेका चित्रबहादुर विकलाई सम्पूर्ण जिम्मेवारीवाट निस्कासन गरिएको उल्लेख छ ।
‘चरम आर्थिक अराजकता गरेकोले आजकै मितिदेखि पार्टीको सम्पूर्ण जिम्मेवारीवाट निस्कासन गरिएको छ’, विज्ञप्तिमा भनिएको छ ।
‘विप्लव’ माओवादीमा पछिल्लो समयमा आर्थिक विषयमा केन्द्रीय नेताहरू समेत विवादमा मुछिँदै आएका छन् । माइला लामादेखि प्रेम दर्नालसम्मका नेताहरू पार्टीका नाममा लाखौँ रुपियाँ चन्दास्वरुप संकलन गरेर गम्भीर विवादमा परिसकेका छन् ।
केन्द्रमा देखिएको आर्थिक अपचलनको विषय पछिल्लो समय जिल्ला–जिल्लाका नेताहरूमा समेत देखिन थालेको छ ।












प्रतिक्रिया