४ मंसिर २०८३, शुक्रबार

एमालेद्धारा संसद बैठक फेरि अवरुद्ध, संशोधन प्रस्ताव फिर्ता लिन माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sansad

काठमाडौं, १७ मंसिर । सरकारले ल्याएको चारबुँदे संविधान संशोधन प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित नेकपा माले, राष्ट्रिय जनमोर्चालगायतका दलले अवरुद्ध गरेका छन् ।

संशोधन प्रस्ताव असंवैधानिक र राष्ट्रघाति भन्दै शुक्रबारको बैठकमा प्रतिपक्षी एमाले, माले लगायत दलका सांसदहरुले बैठकमा उठेर विरोध जनाए ।

बैठक सुरु हुनेबित्तिकै विषय समय लिएका नेकपा मालेका अध्यक्ष एवं सांसद सीपी मैनालीले संशोधन प्रस्ताव असंवैधानिक, तराईमा बहुराष्ट्रिय राज्य बनाउने अवधारणासहित ल्याइएकोले दाबी गर्दै यो फिर्ता नलिएसम्म संसद अगाडि बढ्न नसक्ने बताए ।

संशोधन प्रस्तावको विरोधमा विहिबार पनि संसद अवरुद्ध भएको थियो ।