१९ कार्तिक २०८३, बिहिबार

पाँच नम्बर प्रदेश टुक्राएको बिरोधमा गुल्मीमा सरकारी कार्यालयको कामकाज ठप्प

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gulmi-aandolan_2

– अनिल खत्री

गुल्मी, १७ मंसिर । सरकारले संबिधान संशोधनमा पाँच नम्बर प्रदेश पहाडी जिल्ला टुक्राएको बिरोधमा गुल्मीमा सरकारी कार्यलयमा कामकाज ठप्प पारेका छन् ।

अन्दोलनरत उद्योग वाणिज्य संघ, स्थानिय राजनीतिक दल, बिभिन्न बिद्यार्थी संगठन लगायत स्थानियबासीले जिल्ला प्रशासन कार्यालय गुल्मी र जिल्ला बिकास समितिको कार्यालयमा २ घण्टा धर्ना बसी कार्यालय प्रमुख तथा कर्मचारीलाई प्रबेशमा रोक लगाएर कामकाज ठप्प पारेका हुन ।

सरकारी कार्यालयमा प्रदर्शन पछी बजारमा प्रर्दशन समेत गरेका छन् । बन्दकर्ताले बन्दको समयमा सवारी चलाएको भन्दै गुल्मीको तम्घासबाट ७ वटा मोटरसाइकल नियन्त्रणमा लिएका छन् ।

gulmi-aandolan-_4

सरकारले संबिधान संशोधनमा पहाडी जिल्ला टुक्राएको बिरोधमा ३ दिनदेखि गुल्मी अनिश्चित कालिबन्द हुदै आएको छ । जिल्लाको सदरमुकाम तम्घास सगै ग्रामीण भेगका मुख्य बजार, कलकारखाना तथा जिल्लाबाट छुट्ने छोटो तथा लामो दुरीका सवारी साधन छुटेका छैनन् । लगातारको बन्दबाट गुल्मीको जनजिवन कष्टकर बन्दै गएको छ । बन्द कर्ताले जिल्लाको सदरमुकाम तम्घासका बिभिन्न ठाउँमा टायरबाले नाराबजी गर्दै प्रर्दशन गर्ने गरेका छन् ।

gulmi-aandola_1

गुल्मीमा रहेका बिद्यालयहरुमा परिक्षा सञ्चालन भइरहेको भन्दै शैक्षिक संस्थाहरु भने निर्वात रुपमा सञ्चालनमा आएका छन् । जिल्लामा उद्योग वाणिज्य संघ गुल्मीको नेतृत्वमा जिल्ला स्थित कांग्रेस, एमाले, माओवादी केन्द्र लगायत जिल्ला स्थितक्रियाशिल राजनीतिक दल, बिभिन्न पार्टीका बिद्यार्थी संगठन, नागरिक समाज, स्थानियको समर्थनमा गुल्मीमा प्रर्दशन हुदै आएको छ । बिहान देखि बन्द बजार साँझ ५ बजे देखि बिहान ५ बजे सम्म खुल्ने गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका अध्यक्ष दुर्गाप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

आन्दोलनको थप छलफल र भावी रणनिति बारे जिल्लाका राजनितिक दल, उद्योग वाणिज्य संघ लगायको एक टोली छलफलको लागी वुटवल पुगेका छन् ।