बुटवल, १७ मंसिर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी)ले बुटवलस्थित आफ्नो कार्यालयमा एमालेका कार्यकर्ताले आक्रमण गरेर क्षतिपुगाएको आरोप लगाएको छ ।
‘विप्लव’ माओवादीका एक नेताका अनुसार बिहीबार भएको प्रदर्शनका क्रममा एमालेका कार्यकर्ताले ढुङ्गा प्रहार गरेर बुटवलमा रहेको कार्यालयमा क्षति पुगाइदिएका आरोप लगाए ।
‘एमालेका मात्तिएका कार्यकर्ताले हाम्रो कार्यालयमा आक्रमण गरेर क्षति पुगाइदिएका छन्’, उनले भने, ‘पार्टी कार्यालयमा आक्रमण गर्ने कार्य अत्यन्तै अराजनीतिक हो ।’
ढुङ्गा प्रहारका कारण झ्याल, ढोका र होर्डिङबोर्डमा सामान्य क्षति पुगेको पनि जनाइएको छ ।
यद्यपि, एमालेको स्थानीय नेतृत्वले भने ‘विप्लव’ माओवादीको कार्यालयमा आफूहरूले आक्रमण नगरेको दाबी गरेको छ ।
बिहीबार बुटलवमा भएको प्रदर्शन उग्रहुन थालेपछि प्रहरीले सामान्य बल प्रयोग गरेको थियो । बुटवलमा आज भने उच्च सुरक्षसर्तकता अपनाइएको स्थानीय प्रशासनले जनाएको छ ।











प्रतिक्रिया