४ मंसिर २०८३, शुक्रबार

एमालेले आज पनि सदन चल्न नदिने, ‘राष्ट्रघाती’ प्रस्ताव फिर्ता गर्न माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sansadकाठमाडौं, १७ मंसिर । प्रमुख विपक्षी दल नेकपा (एमाले)ले संसदको आजको बैठक पनि अवरोध गर्ने जनाएको छ ।

स्रोतका अनुसार राष्ट्रघाती संविधान संशोधनको प्रस्ताव फिर्ता नहुँदासम्म सदन अवरोधलाई जारी रहनेछ । एमालेले कुनै पनि हालतमा संविधान संशोधनको प्रस्तावलाई नमान्ने चेतावनी दिइसकेको छ ।

पाँच नम्बर प्रदेशका तराई र पहाडी जिल्ला टुक्र्याउने गरी ल्याइएको संविधान संशोधनको प्रस्तावमा एमालेले चर्को विरोध जनाइरहेको छ ।

बिहीबारको संसद बैठक अबरोध गरेको एमालेले आजको बैठक पनि चल्न नदिने भएको हो । संसदको बैठक अपरान्ह तीन बजे बस्दैछ ।