४ मंसिर २०८३, शुक्रबार

एमालेका प्रभावशाली नेताहरू बुटवल जाँदै, शान्तिपूर्ण प्रदर्शन गर्न निर्देशन दिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pardarshanकाठमाडौं, १७ मंसिर । पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला टुक्र्याउने प्रस्तावसहित संविधान संशोधन दर्ता भएपछि सुरु भएको विरोध प्रदर्शनमा सहभागी हुन एमालेका प्रभावशाली नेताहरू बुटवल प्रस्थान गर्दैछन् ।

एमालेका उपाध्यक्ष बामदेव गौतम, उपमहासचिव विष्णु पौडेल, सचिव प्रदीप ज्ञवाली सहितका प्रभावशाली नेताहरू विभिन्न जिल्लामा चर्किएको आन्दोलनलाई सम्बोधन गर्न बुटवलतर्फ आज जाने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।

संयुक्त विरोध कार्यक्रमहरूलाई नेताहरूले सम्बोधन गर्नेछन् ।

संशोधन प्रस्ताव राष्ट्रघाती रहेको एमालेको आरोप छ । सोही विषयमा एमालेले संसद बैठक समेत अवरुद्ध बनाउँदै आएको छ ।

राष्ट्रियताको आन्दोलनलाई शान्तिपूर्ण बनाउनका लागि पनि एमालेका प्रभावशाली नेताहरूलाई जिल्ला नेतृत्वलाई दवाव दिनेछन् ।

आन्दोलन हिंसात्मक बन्ने हो कि भनेर एमाले नेतृत्वले चिन्ता समेत जनाइ सकेको छ । स्थानीय तहका नेतृत्वलाई संयम भइ शान्तिपूर्ण ढंगले प्रदर्शन गर्न निर्देशन दिइसकेको छ ।