१ कार्तिक २०८३, आइतबार

भारतमा विस्फोटक पदार्थ उत्पादन गर्ने कारखानामा विस्फोट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

timebombनयाँ दिल्ली, १७ मंसिर । भारतको दक्षिणी भागमा विस्फोटक पदार्थ उत्पादन गर्ने एक कारखानामा विस्फोट हुँदा कम्तीमा दुई व्यक्तिको मृत्यु भएको र अन्य १३ हराइरहेको र उनीहरूको मृत्यु भएको आशङ्का गरिएको जानकारी आपत्कालीन विभागले बिहीबार दिएको छ ।

जलेको भवनबाट दुई व्यक्तिको शव फेला पारिएको र थप व्यक्ति पेला पार्न उद्धार समूहले बुल डोजर तथा ड्रिल उपयोग गरिरहेको जानकारी जी सत्यनारायणनले दिनुभयो ।

उहाँले यक्त कारखानामा १८ व्यक्ति काम गर्ने र विस्फोट पहिले तीन व्यक्ति त्यहाँबाट बाहिरिएको जानकारी दिँदै आफूहरूले १५ व्यक्तिको मृत्यु भएको आशङ्का गरेको बताउनुभयो । दुर्घटना दक्षिण राज्य तमिल नाडुमा भएको थियो ।

उहाँले यस कारखानामा जेलिङनाइट स्टिक उत्पादन हुनेगरेको र विस्फोटका कारण आगलागी भएको बताउनुभयो । – एएफपी