नेपालगन्ज, १६ मङ्सिर । नेकपा (एमाले) का नेता शङ्कर पोखरेलले संविधान संशोधन प्रस्तावले मुलुकलाई दुर्घटनातर्फ लाने टिप्पणी गर्नुभएको छ ।
मदन भण्डारी फाउन्डेसन बाँकेद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले संविधान संंशोधन किन गर्नुपर्यो त्यसको गतिलो जवाफ जनतालाई नदिएसम्म जनताको आन्दोलन रोकिँदैन भन्नुभयो ।
नेता पोखरेलले संशोधन प्रस्तावले जातीय बिखण्डन ल्याउने बताउँदै मुलुकमा मिलेर बसेर सबै नेपालीलाई लडाउनु र भिडाउने काम अहिलेको सरकारले गरेको आरोप लगाउनुभयो ।
त्यस अवसरमा सामाजिक काममा महत्वपूर्ण योगदान पुर्याउने बाँके जिल्लाका सामाजिक अभियानकर्मी रतनकुमार टन्डन, किस्मतकुमार कक्षपति, सागर गैरे, रुबी खान र बखतबहादुर मल्ललाई सम्मान गरिएको थियो । रासस












प्रतिक्रिया