उर्लाबारी, १६ मंसिर । सरकारले संसद्मा संबिधान संशोधन गरेको विरोधमा मोरङको उर्लाबारीमा पनि आज साँझ राके जुलुश प्रदर्शन भएको छ ।
युवा संघ नेपाल उर्लाबारी नगर कमिटिको आयोजनामा भएको प्रदर्शन उर्लाबारी चोकबाट बरगाछी, पशुपति मार्ग हुँदै पुनः चोकमा आएर कोणसभामा परिणत भएको थियो ।
प्रदर्शनमा सहभागीहरुले संबिधान संशोधन फिर्ता लिन माग गर्दै सरकार बिरुद्ध चर्को नारा लगाएका थिए । कोणसभामा बोल्दै युवा संघका केन्द्रिय सदस्य एवम् कोशी अञ्चल इन्चर्ज रविन थापाले सरकारले संसद्मा दर्ता गराएको संबिधान संशोधन राष्ट्रघाती भएको भन्दै त्यसलाई फिर्ता नलिए देशभर सडक तताउने चेतावनी दिनुभयो ।

राष्ट्रिय एकता खल्बल्याउने गरी सरकारले संबिधान संशोधन गर्न लागेको आरोप लगाउँदै उहाँले त्यसको सशक्त प्रतिवाद गरेरै छाड्ने बताउनुभयो ।
प्रदर्शनमा एमाले क्षेत्रिय अध्यक्ष गंगाप्रसाद बाँस्तोला, नगर अध्यक्ष मनोरथ भण्डारी, युवा संघ मोरङ सचिव नविन पौडेल लगायतको पनि सहभागिता रहेको थियो ।













प्रतिक्रिया