काठमाडौं, १६ मंसिर । सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राई संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ दक्षिण सुडानको जुबा र बोरमा तैनाथ सशस्त्र प्रहरी बलको दुई वटा फम्र्ड पुलिस युनिट (एफपीयू) को मेडल परेड कार्यक्रममा सहभागी हुनु भई बुधबार राति स्वदेश फिर्ता हुनुभएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक राईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु डा. कृष्णकुमार तामाङ, सिंहबहादुर श्रेष्ठ, प्रेमकुमार शाही, प्रकाश ओझा र जीतबहादुर पुनले हार्दिक स्वागत गर्नुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक राई दुई वटा फम्र्ड पुलिस युनिटको संयुक्त रुपमा आयोजना भएको मेडल परेड कार्यक्रममा सहभागी हुन यही मंसिर ७ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।
उहाँसँगै जानुभएको सशस्त्र प्रहरी नायव महानिरीक्षक रामशरण पौडेल तथा सशस्त्र प्रहरी निरीक्षक बिजय तुलाधर समेत स्वदेश फर्किनु भएको छ ।













प्रतिक्रिया