४ मंसिर २०८३, शुक्रबार

जनताको इच्छा विपरित जाने प्रचण्डको हालत ज्ञानेन्द्रझैं हुन्छः पहारी

17.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rajib-pahari

काठमाडौं, १६ मंसिर । संविधान संशोधनको बिरोधमा राजधानीको रत्नपार्क क्षेत्रमा युवा संघ नेपाल र अनेरास्ववियुले बृहत प्रदर्शन गरेका छन् ।

घन्टाघरबाट सुरु भएको बृहत र्याली पुतलीसडक चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

कोण सभालाई सम्बोधन गर्दै युवा संघका अध्यक्ष राजीव पहारीले जनताको इच्छा बिपरित चल्नाले यो देशबाट राजाहरु बिस्थापित भएझैँ अब बर्तमान सरकारका प्रधानमन्त्री समेत चूते राजा बन्न खोजेकोमा उनको हालत ज्ञानेन्द्रको झैँ हुने चेतावनी दिए ।

आज सीमाङ्कन लगायत गम्भीर बिषयमा सरकारले दर्ता गरेको संशोधन बिदेशीको ईशारामा पबित्र लुम्बिनीलाई भारतीयकरण गर्ने डिजाइनमा चालिएको आरोप लगाए ।

र्यालीमा सहभागीले प्रधानमन्त्रीको मुर्दा बनाइ सेतो कफन बाधेका थिए । र्यालीलाई अनेरास्ववियु महासचिव ऐन महर र अनेरास्ववियु उपाध्यक्ष्य महेश बर्तौला तथा एमाले काठमाडौं अध्यक्ष कृष्णा राईले समेत सम्बोधन गरेका थिए ।