१९ कार्तिक २०८३, बिहिबार

ललितपुरमा गुडिरहेको मोटरसाइकल ४ सय मिटर तल खस्दा चालक ठहरै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ मंसिर । राजधानीको ललितपुरमा भयानक दुर्घटना भएको छ ।

दुर्घटनामा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको केन्द्री प्रहरी समाचार कक्षले जनाएको छ ।

विहिबार दिउँसो ललितपुरको भट्टेडाडा–९ स्थित सडकमा बा.४७ प ६९१६ नम्बरको गुडिरहेको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ४ सय मिटर तल खसको थियो ।

दुर्घटनामा चालक माल्चा–१ बस्ने ३५ वर्षीय भिमबहादुर सिंगारको बिहिबार घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।