२ कार्तिक २०८३, सोमबार

फेरि सीमांकन हेरफेर गर्छु भन्नु द्वन्द्व निम्त्याउनु होः दीपकराज गिरी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Deepakraj0giriकाठमाडौं । कलाकार दीपकराज गिरीले अहिलेको अवस्थामा सीमांकन हेरफेर गरिए हिंसा भड्किने चेतावनी दिएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले संसदमा पेस गरेको संविधान संशोधन प्रस्तावमा उल्लेखित पाँच नम्बर प्रदेशका केही जिल्ला हेरफेरसम्बन्धी सीमांकनमा असहमति जनाउँदै दीपकले सामाजिक सञ्जाल फेसबुकमार्फत अहिलेको अवस्थामा सीमांकन हेरेफेर गरिए हिंसा भड्किने चेतावनी दिएका हुन् ।

उनले लेखेका छन्- ‘सीमांकन हेरफेरको बारेमा बोल्छु । सानो देशलाई संघीयतामा जाने भनेर जुन प्रकारले चिरा पारियो । त्यस्को घाउ निको भएको छैन, फेरि सीमांकन हेरफेर भनेर त्यो घाउमा कैंची चलाउनु भनेको । क्यान्सर निम्त्याउनु हो… हिंसा दंगा फसाद र द्वन्दको क्यान्सर…! यता तान्दा उता फुस्कने, उता तान्दा यता बिग्रने… जय नेपाल!’