१९ कार्तिक २०८३, बिहिबार

लैङ्गिक समानता पत्रकारिता पुरस्कार धिरेन्द्र प्रेमर्षी र बबिता बस्नेतलाई प्रदान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

puraskar

काठमाडौं, १६ मंसिर । २०७३ सालको लैङ्गिक समानता पत्रकारिता पुरस्कार पत्रकारद्वय धिरेन्द्र प्रेमर्षी र बबिता बस्नेतलाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघले अमेरिकामा क्रियाशिल संस्था मदरल्याण्ड नेपालको सहकार्यमा स्थापना गरेको उक्त पुरस्कार आज एक औपचारिक कार्यक्रममा सम्माननीय सभामुख ओन्सारी घर्ती मगरले प्रदान गर्नुभयो । पुरस्कारको राशी जनही रु. ४० हजार रहेको छ ।

कार्यक्रममा सभामुख ओन्सारी घर्ती मगरले पुरस्कृत पत्रकारलाई बधाई व्यक्त गर्दै महिला हिंसाविरुद्धको १६ दिने अभियानको क्रममा नेपाल पत्रकार महासंघले प्रदान गरेको लैङ्गिक समानता पत्रकारिता पुरस्कार अर्थपूर्ण रहको बताउनुभयो । उहाँले लैङ्गिक समानताका क्षेत्रमा पत्रकारहरुको भूमिका महत्वपूर्ण हुनेहुँदा सञ्चारमाध्यमले यसमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले पुरस्कृत पत्रकारहरुलाई बधाई दिँदै लैङ्गिक समानताका लागि महिालहरुलाई पत्रकारिता पेशामा प्रोत्साहन गर्नुका साथै पत्रकार महिलाहरुको क्षमता अभिवृद्धिका लागि समेत महासंघ कृयाशिल रहेको बताउनु भयो ।

पुरस्कृत पत्रकार धिरेन्द्र प्रेमर्षी र बबिता बस्नेतले पुरस्कारले आफूहरुलाई यो क्षेत्रमा लाग्न अझै उत्प्रेरित बनाएको धारण राख्नुभयो । कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्की तथा मदरल्याण्ड नेपालका अध्यक्ष अनिल पाण्डेले लैङ्गिक समानताका विषयमा आफ्नो धारण राख्नु भएको थियो ।

लैङ्गिक समानताका क्षेत्रमा लामो समयदेखि कलम चलाए वापतउ हाँहरुलाई पुरस्कारका लागि छनौट गरिएको छनौट समितिका संयोजक अनिता विन्दुले जानकारी गराउनु भयो । पुरस्कार छनौट समितिमा महासंघकातर्फबाट उपाध्यक्ष अनिताविन्दु, सचिव संगिता खड्का र कोषाध्यक्ष सूर्यमणि गौतमका साथै मदरल्याण्ड नेपालकातर्फबाट जीवन पाण्डे तथा विषयविशेषज्ञका रुपमा कपिल काफ्ले रहनु भएको थियो ।