१९ कार्तिक २०८३, बिहिबार

संघीय गठबन्धनको बैठक तीनकुनेमा जारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sanghiya_Gathabandhan

काठमाडौं, १६ मंसिर । संविधान संशोधनको प्रस्ताव संसद सचिवालयमा दर्ता भएसँगै वादविवाद भइरहेका बेला संघीय गठबन्धनको बैठक बसेको छ ।

काठमाडौंको तीनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको मुख्यालयमा बसिरहेको बैठकमा संशोधन प्रस्तावकै विषयमा छलफल भइरहेको हो । बैठकमा प्रधानमन्त्रीसहित कांग्रेस र माओवादी केन्द्रका नेताहरूसँग भएको छलफलका विषयमा पनि समीक्षा हुनेछ ।

गठबन्धनको आजको बैठकले संशोधनका विषयमा धारणा तयार पार्ने राष्ट्रिय मधेस सामाजवादी पार्टीका महासचिव एवम् प्रवक्ता केशव झाले जानकारी दिनुभयो ।