काठमाडौं, १६ मंसिर । संविधान संशोधन र मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे सरकारको धारणा प्रस्तुत गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिउँसो २ बजे आह्वान गरेको पत्रकार सम्मेलन अचानक स्थगित भएको छ ।
संविधान संशोधनको सरकारी प्रस्तावलाई लिएर चर्को विरोध भएपछि त्यसबारे स्पष्ट पार्न प्रधानमन्त्री दाहालले विहिबार दिउँसो २ बजे सरकारी निवास बालुवाटारमा पत्रकार सम्मलेन राखेका थिए ।
स्रोतका अनुसार विहान मधेसी मोर्चासँग बसेको बैठक सकारात्मक भएपछि तत्काल पत्रकार सम्मेलन गर्न आवश्यक नहुने निष्कर्षसहित स्थगित गरिएको हो । पत्रकार सम्मेलन अर्काे दिन गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।












प्रतिक्रिया