४ मंसिर २०८३, शुक्रबार

बालुवाटार बैठक सकारात्मक, संशोधनलाई परिमार्जन गर्न दुबै पक्ष सहमत

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

puspakamal-dahal-morcha-meetingकाठमाडौं, १६ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चावीच आज भएको वार्ता सकारात्मक मोडतिर पुगेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मधेसी मोर्चासहित सत्तारुढ दलका नेताहरूको बैठकमा संविधान संशोधन प्रस्तावका विषयमा छलफल भएको हो । संशोधन प्रस्तावको विरोध भइरहेका बेला सत्तारुढ दल र मधेसी मोर्चावीच गम्भीर छलफल भएको छ ।

छलफलमा अहिलेको संशोधन प्रस्तावलाई परिमार्जनसहित अगाडि बढाउने भन्ने विषयमा दुबै पक्ष लचकताका साथ प्रस्तुत भएको राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव एवम् प्रवक्ता केशव झाले जानकारी दिनुभयो । ‘आजको बैठक सकारात्मकतिर गएको हामीले पाएका छौं’, उहाँले भन्नुभयो, ‘धेरै कुरामा सकारात्मक कुरा भए पनि संशोन प्रस्तावलाई थप परिमार्जन गर्ने विषयमा प्रधानमन्त्री र सत्तारुढ दलहरू लचकताका साथ प्रस्तुत भएको पायौँ ।’

बैठकमा प्रधानमन्त्री दाहालले धेरै नकारात्मक रुपमा प्रस्तुत नहुन मधेसी मोर्चालाई आग्रह गर्नुभएको थियो । जवाफमा मधेसी मोर्चाले यथाअवस्थामा संशोधन प्रस्तावलाई समर्थन गर्न नसकिने भएकाले आलोचना गर्न बाध्य भएको जनाएको छ ।

दाहालले मधेसी मोर्चाका नेताहरूलाई सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावको समर्थन गरेर निर्वाचनमा जान आग्रह गर्नुभएको छ । प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘अहिलेको राजनीतिक समीकरण र परिस्थितिले मधेसी मोर्चाका सबै माग सम्बोधन गर्न सम्भव छैन, जति सम्भव छ, त्यसलाई प्रस्तावमा ल्याइएको छ । यसलाई समर्थन गर्नुस् र स्थानीय तहको निर्वाचनमा जाऔं ।’

बैठकमा के के भयो ? माओवादी केन्द्रका नेता वर्षमान पुन

संविधान संशोधन प्रस्ताव दर्ता भइसकेपछि मधेसी मोर्चाले जून प्रतिक्रिया दियो त्यसमा सरकारको सहमति छैन् ।

उहाँहरुलाई हामीले के भन्यौ भने यो तपाईहरुकै माग सम्बोधन गर्नका लागि सरकारले प्रस्ताव ल्याएको हो । र सबै मागहरु सरकार पूरा गर्न सक्दैन् । पूरा हुन्छ भन्ने तपाईहरुको इच्छा पनि नहोला । त्यसैले जति सरकार अगाडि बढेर संशोधन प्रस्ताव ल्याएको छ त्यसलाई समर्थन गर्नुस् । र त्यसलाई समर्थन गर्दै त्यसमा थप परिमार्जनहरु कसरी गर्न सकिन्छ बसेर छलफल गरौं । त्यसो हुँदा सरकारले जे प्रस्ताव ल्याएको छ त्यसलाई सकारात्मक रुपमा लिनुस् । तपाईहरुकै माग र आन्दोलनलाई छुने गरी ल्याइएको हो । भनेर सरकारले आफ्नो धारणा राख्यो ।

उहाँहरुले चाँहि हामीले मागेको कुरा निकै कम छ । हाम्रा मागहरु एजेण्डाहरु निकै कम आए यसलाई अझै परिमार्जन गर्नुपर्छ सरकारले भन्नुभयो । र आआफ्नो कुरा राखियो । सकारात्मक कुराकानी भयो । संशोधन प्रस्ताव अझै परिमार्जन गर्ने सहमति भएको छ ।
निर्वाचनबारे प्रारम्भिक छलफल भयो । संविधान संशोधन गरेर निर्वाचनमा जाने मोटामोटी समझदारी भयो ।

उहाँहरुले सकारात्मक रुपमा लिनुहुन्छ । प्रस्तावलाई छलफलमा लैजान सहयोग गर्नुहुन्छ भन्ने अपेक्षा छ । निर्वाचनमा जानेमा उहाँहरु तयार हुनुहुन्छ । अब देश विस्तारै निर्वाचनतिर जान्छ भन्ने सरकारको विश्वास छ ।