काठमाडौं, १६ मंसिर । संविधान संशोधनमा रहेका प्रावधानहरूका विषयमा छलफल गर्न संघीय गठबन्धनको बैठक आज बस्दैछ ।
काठमाडौंको तीनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको मुख्यालयमा दिउँसो ११ बजेपछि बस्ने बैठकमा ससरकारले संसद सचिवालयमा दर्ता गराएको संशोधनका विषयमा छलफल हुनेछ ।
राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव एवम् प्रवक्ता केशव झाले सरकारले दर्ता गराएको संशोधनमा गठबन्धनको धारणा बनाउन बैठक बस्न लागेको बताउनुभयो । ‘संशोधनले संघीय गठबन्धनको माग पूरा गर्ने अवस्था छैन’, उहाँले भन्नुभयो, ‘अब के गर्ने भनेर धारणा बनाउन बैठक बस्न लागिएको हो ।’
यसअघि बुधबार साँझ बिजुलीबजारमा बसेको मधेसी मोर्चाको बैठकले यथाअवस्थामा संविधान संशोधनको प्रस्ताव मान्न नसकिने निर्णय गरेको थियो ।











प्रतिक्रिया